पर्वत जलजला गाउँपालिका–३,पारीबेनीमा रहेको न्यु होराइजन माध्यमिक विद्यालयकी छात्रा रेजिना सुबेदीले देशब्यापी कोभिड नियन्त्रणमा युवाको भूमिका “बिषयक भर्चुअल वक्तृत्वकला प्रतियोगितामा द्धितिय भएकी छन्।
‘कोभिड जित्दैछ कर्णालीबाट’ संचालन भएको प्रतियोगितामा कक्षा १० मा अध्ययरत सुबेदीले देशभरबाट सहभागी प्रतिस्पर्धीलाई उछिन्दै द्धितिय भएकी हुन् । देशभरका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागीता रहेको प्रतियोगितामा सुबेदीले कोरोना रोकथाम र नियन्त्रणमा यूवाहरूको भूमिका अपरिहार्य रहेको बताईन् ।
‘यूवाहरू विभिन्न जिम्मेबारी बोकेर कोरोना रोकथाममा जुटेका छन्,‘विपन्नलाई गास देखि संक्रमतिको उपचारसम्म यूवाहरूको संलग्नता छ,‘परिचय फरक भएपनि उद्देश्य कोरोनाको संक्रमणबाट जोगाउने रहेको छ’ सुबेदीले आफ्नो प्रस्तुतीमा भनेकी छन् ।
उनले छिमेकी राष्ट्र चिनबाट फैलिएको कोरोनाले विश्वका अधिकांस राष्ट्रलाई नै तहसनहस बनाउँदा यूवाहरूको काँधमा धेरै जिम्मेबारी रहेको समेत बताईन् । ‘यूवाको सक्रियता विना कोरोना नियन्त्रणको अभियान नै अपुरो हुन्छ,‘यो प्रतियोगिताले मलाई पनि धेरै सिक्ने अवसर मिलेको छ’ सुबेदीले भनिन् ।
उनले कोरोना रोकथाम र नियन्त्रणमा सबै क्षेत्रमा यूवाहरुको प्रतिनिधित्वले समाज निर्माणका लागि यूवाहरुको जिम्मेबारी समेत प्रष्ट पारेको बताईन् । विद्यालयबाट विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न हुने गरेकी सुबेदीले यसअगाडी समेत विभिन्न कार्यक्रममा उपाधी समेत जितेकी छन् ।
https://www.facebook.com/watch/?v=234472648016191
विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले अनलाइन कक्षासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत सहभागीको वातावरण बनाएको बताए । ‘कर्णाली प्रदेशमा हुने प्रतियोगितासम्म हामीले चासो दिएका छौ,‘यो उपाधीले विद्यार्थीसँगै विद्यालयको गरिमा बढाएको छ’ प्रअ पौडेलले भने ।
यसअगाडी समेत पोखरा थिएटरले आयोजनामा कोरोनाका कारण गरिवी र निमुखा परिवारले जीवन ब्यथित गरिरहेको झल्को दिने न्यु होराइजनका विद्यार्थीले तयार गरेको ‘अभाव’ नामको नाटक गण्डकी प्रदेशमै उत्कृष्ट तेस्रो भएको थियो ।