अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कोरोनाको खोप माग्दै निर्माण ब्यवसायी संघको ध्यानाकर्षण पत्र

On: June 7, 2021 8:43 AM
Follow Us:

निर्माण ब्यवसायी संघ म्याग्दीले कोरोनाको खोपको व्यवस्था गर्न माग गरेको छ । कोरोनाको उच्च जोखिममा रहेका निर्माण ब्यवसायी, मजदुर र तीनका परिवारलाई खोपको प्रबन्ध गर्न माग गदैं जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

निर्माण ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष विपिन खड्काले प्रजिअ गणेशबहादुर अधिकारीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउदै खोप व्यवस्था गरिदिन माग गरेको निर्माण ब्यवसायी प्रविण सापकोटाले जानकारी दिए ।

बन्दाबन्दीका बीच निरन्तर काम गरिरहेका मजदुरलाई प्राथमिकता दिएर खोपको ब्यवस्था गरिएको मागप्रति प्रजिअ अधिकारी सकारात्मक रहेको निर्माण ब्यवसायी संघले जनाएको छ । यसअगाडी नेपाल शिक्षक महासंघ म्याग्दीले शिक्षकलाई पहिलो डोजको खोप माग गदै ज्ञापनपत्र बुझाएको थियो ।