यूवा सामाजिक अभियान्ता हेमराज थापाले म्याग्दीका कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा सघाउन स्वास्थ्य साम्रागी सहयोग गरेका छन् । क्रियटिभ मञ्च म्याग्दी मेडिकल मास्क ७ सय, एन ९५ १० थान, फेस सिल १० थान सेनिटाइजर ६ लिटर र एक थान पल्स अक्सिमिटर सहयोग गरेको मञ्चका अध्यक्ष विबेकचन्द ठकुरीले जानकारी दिए ।

उक्त सहयोग कालिपुल बस पार्कबाट आवतजावत गर्ने सर्वसाधारण र यातायात ब्यवसायी सहित आवश्यक परेकालाई वितरण गरिएको उनले बताए । मञ्चले थप सहयोग सहित कोष स्थापनामा जुटेको अध्यक्ष ठकुरीको भनाई छ । गतबर्ष समेत मञ्चले कोरोना रोकथाम सहितको अभियानमा सहयोग जुटाएको थियो ।

 

Leave a Reply