कोरोना संक्रमणको चेन ब्रेक गर्न म्याग्दीमा आगामी जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिने सम्भावना रहेको छ ।

यसअगाडी जेठ २३ गतेसम्म जारी निषेधाज्ञा थपिने वा हट्ने बारेमा रहेको अन्योलताले सदरमुकाम बेनीबजारमा सर्वसाधारणको चहलपहल बढेको थियो । बिहानै देखि सर्वसाधारणलाई निषेधाज्ञाको अवधीमा घर बाहिर ननिस्कन प्रहरीले कडाई गरेको छ । सोमबार दिउँसो जिल्ला कोभिड संकट व्यवस्थापन समितिको भर्चुअल बैठकको आयोजना गरिएको छ।

स्रोतले दिएको जानकारी अनुसार छिमेकी जिल्ला बागलुङ र पर्वतमा समेत जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएकाले म्याग्दीमा समेत थप गर्नुपर्ने सुझाव आएकाले सोमबारको बैठकले यसअगाडी लागु भएको नियम पूर्ववत राखेर निषेधाज्ञा थप्ने निर्णय गर्ने सम्भावना रहेको छ।

सुरक्षा समितिको बैठकमा सहभागी सदस्यले समेत तत्काल निषेधाज्ञा खोल्न नहुने धारणा प्रजिअ गणेशबहादुर अधिकारीलाई सुझाव दिएको छ । म्याग्दीमा कोरोना संक्रमतिको संख्या घटेपनि जोखिम भने टरेको छैन् ।

निषेधाज्ञामा अवधिमा हाल सातामा आइतबार बुधबार वित्तिय संस्था खोल्ने,स्वास्थ्य, खानेपानी,तरकारी पसल, दुध, विद्यूत, दमकल, सञ्चार, फोहोरमैला व्यवस्थापन, र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गरिएको छ ।

Leave a Reply