म्याग्दीमा जेष्ठ नागरिकका लागि १५ सय डोज खोप आइपुगेको छ । चीन सरकारले अनुदानस्वरूप दिएको भेरोसेल खोप म्याग्दीका ६२–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाइने स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए ।

‘हिजो बेलुकी आएको छ,‘अब हामीले कार्ययोजना बनाउँछौ,‘यहाँ लक्षित उमेर समुहका धेरै हुनुहुन्छ’ लम्सालले भने । जिल्लामा आइपुगेको कोरोना खोपलाईकोभिड १९ विरुद्धको खोप समितिले खोप केन्द्र र खोप अभियानको समय तोक्ने व्यवस्था गरिएको छ ।

जिल्लाका सबै स्थानीय तहमा पुग्ने गरी कार्ययोजना बनाएर यसै सातादेखि लगाउने स्वास्थ्य कार्यालयले जनाएको छ । यसअगाडी ६५ बर्ष उमेर माथिका जेष्ठ नागरिकलाई खोप दिइएको थियो । एकजनालाई दुई डोज खोप दिनुपर्छ। यो कोरोना रोगविरुद्ध खोप अभियानको नयाँ चरण भएकाले लक्षित समुहलाई खोप अपुग भएमा थप माग गर्ने जनाइएको छ ।

यसअगाडी कोभिशिल्ड खोप पहिले स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनर, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजामती कर्मचारी र ज्येष्ठ नागरिकले लगाएका थिए । यीमध्ये दोस्रो डोज लगाउन नपाउनेमा ज्येष्ठ नागरिक बढी छन् ।

 

Leave a Reply