भनिन्छ, ‘विपत्ति बाजा बजाएर आउँदैन।’ यो भनाईलाई पुष्टी गर्ने गरी गतबर्ष वर्षायामसँगै म्याग्दीमा अपुरणीय जनधनको क्षति भयो।बाढीपहिरोबाट विस्थापितलाई अहिलेसम्म पुर्नबासको ब्यवस्था हुन सकेको छैन्। यस वर्षदेखि मनसुन पछाडि धकेलिएपनि दैनिकजसो भइरहेको बर्षाले ग्रामिण क्षेत्रका बासिन्दा प्राकृतिक विपत्तीको त्रासमा छन्।

मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधिसमेतको अवधि पछाडि धकेलिएपनि राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने संकेत गरिसकेको अवस्थामा जिल्लाका स्थानीय सरकार, सरोरकारवालाले पूर्ववत सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिएको देखिदैन् ।

कोरोनाको कहरले अस्तब्यस्त जनजीवनमाथि यतिखेर मनसुसनको पूर्वसन्ध्यामा विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रण गर्न सकिन्छ भने विपत्ति रोक्न नसकिने अवस्थामा क्षति न्यूनीकरण गर्न आवश्यक तयारीमा स्थानीय तहले ध्यान दिन सकेका छैनन्। विपद् पूर्वको तयारी यथेष्ट रुपमा हुन नसक्दा मानवीय तथा भौतिक क्षतीको सामाना कसरी गर्ने भन्ने चिन्ता स्थानीय तह लगायत सरोकारवाला निकायमा देखिदैन् ।

कोरोना नियन्त्रण केन्द्रित र आर्थिक बर्षको अन्त्यमा कसरी योजनाहरु सम्पन्न गर्ने, प्रगतिको चाङ बनाउने भन्नेमा स्थानीय सरकारको ध्यान केन्द्रित भएको देखिन्छ। बाढीपहिरो प्रभावितले समेत आफ्नो ब्यवस्थापनका लागि गतबर्ष जनाइएको प्रतिबद्धता पुरा नगरेको गुनासो गरिरहेका छन् ।

जिल्लाभरमा जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण वा सचेतता, सहयोग, विपत्त वा भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा स्थानीय सरकारले पनि प्रभावकारी कदम चाल्न सञ्चारमाध्यमले सचेत गराउँदा समेत पूर्व तयारीमा खासै चासो दिइएको छैन् ।

जेठ महिनाको अन्तिमसम्म जिल्ला प्रशासन कार्यालयमा जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठक समेत बस्न सकेको छैन् भने स्थानीय तहले समेत पूर्व तयारीका बारेमा बेखबर देखिएका छन् । गतबर्ष जिल्लाभर ८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो ।

मोनाले ४० घरको जिम्मा लिएपनि बाँकी पूर्णरुपमा विस्थापित भएकालाई स्थानीय, प्रदेश र संघीय सरकारमार्फत पूर्णरुपमा विस्थापित भएकालाई नेपाल सरकारको अनुदान समेत जिल्लामा आइसकेको अवस्थामा मंगला र धवलागिरी गाउँपालिकाले काम सुरू गरेपनि अन्य स्थानीय तहमा सुरसार छैन्। पूर्व तयारीमा स्थानीय तह कति सक्रिय छन् भन्ने प्रष्ट हुन्छ ।

विगतका बर्षमा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र निर्देशन कार्यान्वयनमा समेत आवश्यक तालमेलमा कमजोरी देखिएको थियो । बाढीपिहिरो कतिवेला, कत्रो जान्छ भन्ने ठ्याक्कै अनुमान लगाउन सकिँदैन, त्यसैले घटेका घटनाकाबाट पाठ सिकेर थप योजना सहित अगाडी बढ्नुको विकल्प छैन् । बेनी साप्ताहिकबाट साभार

Leave a Reply