म्याग्दीका अग्रज शिक्षाप्रेमी एवं समाजसेवी राधाकृष्ण शर्माको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ । बेनी नगरपालिका–१० पात्लेखेत स्थायी घर भई हाल काठमाण्डौमा बस्ने शर्मा अचानक बिरामी भएपछि अस्पतलामा भर्ना गरिएको थियो ।

उपचारपछि घर फर्किनुभएका शर्माको मंगलबार विहान आफ्नै काठमाण्डौको ताहचलस्थती आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ । समाजसेवी शर्माको मंगलबार पशुपतिमा दाहसंस्कार गरिएको छ ।

नेपालको स्थापित शर्मा एण्ड कम्पनीका संस्थापक समेत रहनुभएका शर्माले बि.स २०४८ सालमा ६ लाख चन्दा सहयोग गरेर म्याग्दी बहुमुखी क्याम्पसको स्थापना गरिएको थियो ।

क्याम्पसका संस्थापक समेत रहनुभएका शर्माको पहलमा म्याग्दीमा क्याम्पस तहको शिक्षा सुरू भएको पूर्व क्याम्पस प्रमुख रामजीप्रसाद सुबेदीले बताउनुभयो ।

‘उहाँको आर्थिक सहयोग र प्रयास विना क्याम्पसको स्थापना सहज थिएन्,‘शर्माकोको निधनले शैक्षिक तथा धार्मिक क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको छ’ सुबेदीले भन्नुभयो ।

क्याम्पसको स्थापनासँगै लगातार आर्थिक तथा शैक्षिक अभियानमा गरेको सहयोगबाटै क्याम्पसलाई यो उचाईसम्म ल्याउन सफल भएको सुबेदीको भनाई छ ।

स्वर्गीय शर्माले विसं २०५५ मा २० लाख खर्चेर बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम मन्दिरको पुननिर्माण गर्नुभएको थियो भने मन्दिरमा पित्तलले छाउन समेत केही महिना अगाडी छोरा रमेश शर्माले पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

स्वर्गीय शर्माले विभिन्न समयमा गलेश्वर मन्दिरमा करोडभन्दा बढी सहयोग समेत गर्नुभएको छ भने बेनपा–१० दिवंगत बुबा रघुनाथ र आमा भद्रकलीको स्मृतिमा आठ कोठे भवन र पाँच रोपनी जग्गा निःशुल्क गरी करीब दुई करोड बराबरको सहयोग समेत गर्नुभएको थियो ।

सडक तथा भवन निर्माणको क्षेत्रमा दक्षिण एशियाली देशहरूमा समेत आफ्नो क्षेत्र बनाउनुभएका शर्माले तत्कालिन समयमा म्याग्दी जिल्लामा शिक्षा र धार्मिक क्षेत्रमा गरेको सहयोगको सम्झना गदैं परिपक्क र असल शैक्षिक तथा धार्मिक अभिभावक गुमाएको छ ।

स्वर्गीय शर्माको श्रीमती, एउटा छोरा र तीन जना छोरीहरु र सात जना नातीनातिना छन्। सन् १९६६ मा उनले शर्मा एण्ड कम्पनी स्थापना गर्नुभएको थियो । म्याग्दी बहुमुखी क्याम्पस परिवारले स्वर्गीय संस्थापक शर्माको निधनले स्तब्ध बनाएको बताउँदै उहाँले देखाएको बाटोमा जिल्लाको शैक्षिक भविस्यलाई थप उचाईमा पु¥याउने जनाएको छ ।

Leave a Reply