म्याग्दीमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पुष्टि भएकामा बेनी नगरपालिकाका १३ जना,मंगला गाउँपालिकाका १ जना, रघुगंगा गाउँपालिकाका १ जना, अन्नपुर्ण गाउँपालिकाका १ जना र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा १ जना गरी १७ जनामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमतिमा ९पिसिआरबाट १६ जना र एन्टिजेनबाट१ ० संक्रमण पुष्टि भएको हो ।

म्याग्दीमा पछिल्लो समय एन्टिजेन परीक्षण समेत घटेकाले कोरोना संक्रमतिको संख्या विस्तारै घट्दै गएको अनुमान गरिएको छ। यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २१२८ जना पुगेको छ । जिल्लामा २०७ जना सक्रिय संक्रमित रहेकोमा मंगलबा। नै ३७ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् । हाल १२ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

Leave a Reply