????????????????????????????????????

जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी अस्पताललाई २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना कक्षमा उपचारार्थ श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति बिरामीलाई लक्षित गरी गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्राप्त कन्सन्ट्रेटर हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

अक्सिजन कन्सन्ट्रेटर प्रजिअ गणेशबहादुर अधिकारीले राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख महेश गुरुङ , शसस्त्र प्रहरी गलेश्वरका प्रमुख हरि गुरुङ लगायतको उपस्थितमा बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाला र प्रमुख डा. जितेन्द्र कँडेललाई हस्तान्तरण गर्नुभएको थियो ।

हाल श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमतिले प्रयोग गरेपनि दम सहितका दिर्घरोगको उपचारमा प्रयोग गर्ने उक्त सहयोगले सहज हुने अस्पतालले जनाएको छ । अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो । अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ ।

एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन्। अक्सिजन कन्सन्ट्रेटरको प्रयोग गर्दा अस्पतालभित्र रहेको प्लानबाट सिलिण्डरमा अक्सिजन भर्न सहज हुन्छ ।

हाल अक्सिजन प्लानबाट सिधै बिरामीको बेडमा अक्सिजन जडान गरिएकाले सिलिण्डर भर्न पोखरा पठाउनुपर्ने बाध्यता अस्पताललाई रहेको छ। कोरोना संक्रमितलाई एकै किसिमका कन्सन्ट्रेटर भन्दा पनि हाइ फ्लो अक्सिजन फाल्ने मेसिन समेत अस्पतालमा आवश्यक रहेको छ ।

Leave a Reply