---Advertisement---

म्याग्दीमा भेरोसेल खोप जेठ २८ गते लगाईने

On: June 9, 2021 11:54 AM
Follow Us:

म्याग्दीमा कोभिड–१९ विरुद्वको भेरोसेल खोप आगामी जेठ २८ गते लगाइने भएको छ। सरकारले चिन सरकारबाट निुशल्क पाएको भेरोसेल खोप जिल्लाका सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकी तथा प्राथमिक उपचार केन्द्रबाट लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप ६२ देखि ६४ उमेर समूहका मानिसहरुले लगाउने पाउनेछन् ।

यो उमेर समूहमा पनि पहिलो प्राथमिकतामा ६४ बर्षका मानिसहरु पर्नेछन् । समितिले क्रमशः बढि उमेर समूहका मानिसलाई प्राथमिकता दिदै थोरै उमेर समूह ६२ बर्षसम्मका मानिसलाई खोप लगाउने गरी योजना गरेको कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

तोकिएको मितिमा विहान १० बजे देखि खोप कार्यक्रम संचालन हुने भएकाले खोप लिन आउदा उमेर खुलेको सरकारी परिचय पत्र अनिवार्य रुपमा लिएर आउनुपर्ने प्रमुख लम्सालको भनाई छ ।

म्याग्दीमा यसपटक १५ सय जनालाई पुग्ने खोप आएकाले बढि उमेर समूहका मानिसलाई प्राथमिकता दिदै थोरै उमेर समूह ६२ बर्षसम्मका मानिसलाई खोप लगाउने गरी योजना गरेको छ । विगतमा कोरोनाको खोप लगाएकालाई संक्रमणको जोखिम न्यून तथा संक्रमति भएपनि शरीरमा धेरै समस्या नदेखिएकाले खोप अभियानमा सहभागी हुन अनुरोध गरिएको छ ।