बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो । एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीर र प्रताप पौडेलले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाला र डा. जितेन्द्र कंडेललाई हस्तान्तरण गर्नुभएको हो ।

म्याग्दीका कोरोना संक्रमतिको उपचारमा अस्पतालभित्र स्थापना गरिएको कोरोना कक्षमा उपचारार्थ श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमतिलाई लक्षित एसोशेसनले सहयोग गरेको गर्बुजाले बताउनुभयो ।  उक्त संस्थाले जिल्लाको रघुगंगा गाउँपालिकामा ४वटा, मंगलामा १ वटा, मालिकामा १ वटा र बेनी नगरपालिका १० मा रहेको पात्लेखेत स्वास्थ्य चौकीलाई १ वटा कन्सन्ट्रेटर एक दुई दिनमा आउने पौडेलले बताउनुभयो । उहाँका अनुसार रघुगंगाको लागि भने आईसकेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष कटुवालले बेनी नगरको सहयोगमा कोरोना रोकथाम तथा नियन्त्रणमा सहज हुने बताउनुभयो । कन्सन्ट्रेटर हाल श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमतिले प्रयोग गरेपनि दम सहितका दिर्घरोगको उपचारमा प्रयोग गर्ने उक्त सहयोगले सहज हुने अस्पतालले जनाएको छ ।

अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो । अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन्। अक्सिजन कन्सन्ट्रेटरको प्रयोग गर्दा अस्पतालभित्र रहेको प्लानबाट सिलिण्डरमा अक्सिजन भर्न सहज हुन्छ ।

Leave a Reply