म्याग्दीका पाँच गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब ८ लाख बराबरको सहयोग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको थियो । जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा सघाउने गरी उक्त सहयोग गरिएको नेकपा एमाले सचिब सुवेदीले बताउनुभयो । ‘उक्त सहयोग स्थानीय तहमै पुगेर हस्तान्तरण गरिएको छ,‘थप सहयोगका लागि समेत हामीले पहल गरिरहेका छौ’ सुबेदीले भन्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा सदस्य कृष्णकुमार विश्वकर्मा, देउबहादुर छन्त्याल र झलक आचार्य लगायत नेकपा एमालेका नेताहरुको उपस्थिती रहेको थियो ।

धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपुणर् गाउँपालिकामा बुझाएको प्राप्त स्वास्थ्य सामाग्रीहरुको तथ्यांक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बुधबार जानकारी गराएका थिए । कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य सामाग्री सहयोग गर्ने र पहल गर्नेलाई प्रजिअ अधिकारीले धन्यवाद समेत दिनुभयो । स्वास्थ्य साम्रागीहरुमा सजिर्ककल माक्र्स २० बक्स, फेस सिल्ड ४० थान, एन नाइन्टी मास्क ४० वटा, डिस्पोजल पीपी सेट २० थान। टप्स ग्लोब्स सय पिस, सर्जिकल ग्लोब्स ३० पिस, रि– युजल पीपी सेट १० पिस, पल्स अक्सिमिटर ४ पिस, स्यानीटाईजर १५ बोत्तलका दर र ५ लिटरका स्यानीटाईजर रहेको छ । सामाग्री बुझ्दै स्थानीय तहका गाउपाँलिका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा संयोजकले कोरोना नियन्त्रणको अभियानमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

Leave a Reply