बेनी नगरपालिका-२हाँडेभिरमा रहेको मालिका आयल स्टोरको पेट्रोल पम्पमा ट्यांङकरबाट पेट्रोल अनलोड गर्दा एक्कासि आगलागी भएको छ ।

बुधबार राती करिब ९ बजे ट्यांङकरबाट आकस्मिक आगलागी हुँदा पेट्रोल पम्पको भित्री भागमा समान्य क्षती भएको हो । ना ४ ख ९४३४ नंम्बरको ट्याक्करको पाइपमा आगो लागेपछि निभाउँदा सोही ट्याङकरबा सहचालक धादिङ जिल्ला धार्के घर भएका १७ बर्षिय मनिष कोइराला घाईते भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

सहचालक कोइरालाको शरीरको केही भाग जलेको अवस्थामा उद्धार गरी अस्पताल पठाइएको थियो । पेट्रोल बोकेर आएको ट्यांकरले पम्पभित्र इन्धन खन्याउँदै गर्दा एक्कासि आगजनी भएपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए ।

समयमै आगो निभाएकाले ठूलो क्षतीबाट जोगिएको थियो ।आगलागीबाट पेट्रोल स्टोरभित्र भएको क्षतीका बारेमा थप जानकारी प्राप्त नभएपनि अहिले आगो पूर्णरुपमा नियन्त्रणमा आएको जनाइएको छ । पम्प नजिकै शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय सहित आसपासका क्षेत्रमा बसोबास समेत रहेको छ ।