म्याग्दीको रघुगंगा गाउँपालिकालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा आयोजित कार्यक्रममा ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स र ग्राउन सहितको साम्रागी ओमप्रसाद शर्माले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी, वडा अध्यक्ष जिवनकुमार मल्ललाई हस्तान्तरण गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौमा एमबीबीएसमा अध्ययनरत राजेश शर्मा पौडेलको पहलमा नेपाल मेडिकल एशोसियसनले उपलब्ध गराएको हो । पौडेल जलजला गाउँपालिका– ७ धाइरिङ, लामाबगरका स्थानीय हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले छिमेकी जिल्लाबाट चिकित्सा शिक्षामा अध्ययनरत शर्माको पहलमा प्राप्त सहयोगले निकै उत्साहित भएको बताउनुभयो ।राजेश शर्मा पौडेल

उक्त सहयोगले गाउँपालिकाबासीको उपचारमा निकै राहत मिल्ने र आवश्यकता अनुसार भविस्यमा समेत सहकार्य गरिने संयोजनकर्ता शर्माका दाजु ओमप्रसाद शर्माले प्रतिबद्धता जनाउनुभयो । यसअगाडी बेनी अस्पतालमा ४ थान अक्सिजन कन्सेन्टेटर र पर्वतको जलजला गाउँपालिकामा ८ थान अक्सिजन कन्सेन्ट्रेटर, पीपीई सेट, माक्स र सेनिटाईजर लगायत करीब १० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हस्तान्तरण गरिसकिएको छ भने म्याग्दीका स्थानीय तहमा समेत सहयोग गर्ने योजना रहेको छ ।

अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो । अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन्। अक्सिजन कन्सन्ट्रेटरको प्रयोग गर्दा अस्पतालभित्र रहेको प्लानबाट सिलिण्डरमा अक्सिजन भर्न सहज हुन्छ । ग्रामिण क्षेत्रम सास फेर्न समस्या भएका बिरामीलाई घरमै लगेर समेत प्रयोग गर्न सकिने भएकाले अक्सिजन सिलिण्डरको तुलनामा कन्सन्ट्रेटर सहज हुन्छ ।

 

Leave a Reply