---Advertisement---

देविस्थानकी सविनाको उपचारमा जापानबाट सहयोग

On: June 10, 2021 10:40 PM
Follow Us:

मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गर्नुभएकी म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थानकी सविना सिउथानीको उपचारमा देविस्थान–म्याग्दी–जापान समाजले डेढ लाखभन्दा बढी सहयोग गरेको छ ।

पोखराको फेवासिटी हस्पिटलमा शल्यक्रियापछि देखिएको समस्याको उपचारमा थप आर्थिक अभाव भएपछि सुरु भएको आर्थिक सहयोग अभियानमा समाजले एक लाख ७६ हजार रुपैयाँ सहयोग गरेको सुर्यमुखी युवा क्लबका अध्यक्ष भक्त घर्तीमगरले बताउनुभयो । पीडित सिउथानीको उपचारमा क्लवले सुरु गरेको आर्थिक सहयोग अभियानमा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ।

टाउको दुख्ने, आँखाको नानी दुख्ने, बान्ता हुने, शरीर गल्ने, निन्द्रा लागिरहने जस्ता समस्या देखिएपछि उपचारको क्रममा टाउकोमा रगत जमेको देखिएपछि शल्यक्रिया गरिएकोमा थप आर्थिक अभावले उपचारमा अझै आर्थिक आवश्यक रहेको अभियानका सदस्य दिप मगरले जानकारी दिनुभयो । हस्पिटलको खर्च, औषधि, खान–बस्नको समस्या रहेको पीडित परिवारको भनाई छ ।