म्याग्दीको मंगला गाउँपालिका-२ बावियाचौर सिमलचौरका एक यूवा विगत २ बर्षदेखि सम्पर्कविहिन छन् । मानसिक सन्तुलन गुमेको अवस्थामा घर बाहिरबाट एक्कासी बेपत्ता भएका रामचन्द्र शाहीको परिवारले सास वा लासको खोजीमा जिल्ला भित्रका साथै विभिन्न स्थानमा पुगेर खोजीकार्य गरेपनि फेला पार्न सकेनन् ।

२०७६ जेठको दोस्रो साता बेपत्ता भएका शाहीको खोजीका कार्यको क्रममा रघुगंगा गाउँपालिका–६ ठाडाखानीको कोलाबाङमा भेटिएको शबसँग हुलिया मिलेपनि प्रहरीमार्फत डिएनए परीक्षणका लागि काठमाण्डौ पठाएपनि हालसम्म रिर्पोट नआउँदा परिवारका अन्यौलमा परेको बेपत्ता शाहीका भाई आरोग्य विक्रम शाहीले बताए ।

उनले उक्त स्थानमा भेटिएको शबको कपडा सहित शररीक बनावट समेत मिलेको अवस्थामा डिएनए परीक्षणबाट आस लागेको बताए । ‘त्यहाँ भेटिएको शब कुहिएको अवस्थामा थियो, भित्र लगाएको एउटा कपडा मिलेकाले शबको पहिचानका लागि काठमाण्डौ पठाइएको थियो,‘रिर्पोट आउँदा बाँकी धार्मिक क्रियाकलाप समेत गर्न पाएका छैनौ’ उनले भने । उनले सामाजिक सञ्जालमा गरिब परिवारको रिर्पोट आउन पनि दुई बर्ष लाग्ने भन्दै गुनासो पोखेका छन् ।

लामो समयसम्म बेपत्ता भएकाले जिवितै हुने सम्भावनालाई आश मारेपनि प्रहरीबाट आउने रिर्पोटमा बेवस्ता गरिएको भन्दै परिवारका सदस्यले दुखेसो गरे । ‘हामी समान्य मान्छे भएर पनि होला, अहिलेसम्म शब पहिचान गर्नेका लागी काठमाण्डौ पठाइएको रिर्पोटको अत्तोपत्तो छैन’ परिवारका सदस्यले गुनासो गरे ।

बेपत्ता शाहीका परिवारले प्रहरीले काठमाण्डौबाट ल्याउने रिर्पोट लगत्तै काजकृयाा समेत गर्ने बताएका छन् । यता प्रहरीले कोरोनाको जोखिम लगायत विभिन्न कारणले अल्झिएको हुनसक्ने भन्दै बुझ््ने जनाएको छ । बेपत्ता शाहीको खोजीमा स्थानीय, आफन्तले म्याग्दीका सबै स्थानीय तहका साथै मानसिक समस्या देखिएपछि धेरै भेटिने स्थानमा खोजी गरेका थिए। कुनैपनि शव पहिचान हुन नसकेपछि डिएनए परीक्षण गरिन्छ ।

 

Leave a Reply