म्याग्दीका प्राज्ञिक व्यक्तित्व एवम् लोक गीतका स्रष्टानायक बिरबहादुर कार्कीको निधन भएको छ । मुखमा क्यान्सर भएपछि काठमाण्डौ क्यान्सर सेन्टरमा उपचारपछि घर फर्किनुभएका बहु प्रतिभका धनी कार्की अचानक बिरामी भएपछि हेलिकप्टरबाट पोखराको मणिपाल अस्पतालमा लगेर उपचार भइरहेको अवस्थामा शुक्रबार निधन भएको हो ।

जनप्रिय मावि दरबाङ,म्याग्दीका भुप प्रधानाध्यापक तथा हाल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका स्वर्गिय कार्कीलाई म्याग्दीमा लोक संगितका पिता एवम् म्याग्देली शैक्षिक युगपुरुषको रुपमा समेत चिन्ने गरिन्छ । बि.स २०२८ सालमा जनप्रिय माविको प्रधानाध्यापकको जिम्मेबारी सम्हाल्नुभएका कार्कीले २०६६ साल भदौ महिनामा अवकाश लिनुभएको थियो ।

अंग्रेजी सहित विभिन्न विषयमा अध्यापन गर्नुहुने कार्की दोहोरी गीतमा साविकको धवलागिरि अञ्चललाई पहिलोपटक स्वर्ण पदक दिलाउने गायक तथा मौलिक लोक भाका शिरफुले सहित दर्जनौ गितमा आफ्नो स्बर दिनुभएको छ ।

‘उहाँ म्याग्दीको शैक्षिक यूग पुरुष हुनुहुन्छ,‘ उहाँको योगदान म्याग्दीको शैक्षिक एतिहाँसमा स्वर्णिम अक्षरले लेखिएको छ’ एसओएस बालग्राम गण्डकीका सहायक प्रधानाध्यापक किरण सापकोटाले भन्नुभयो । उहाँले स्वर्गीय कार्की बहुप्रतिभाको धनी भएकाले उहाँको निधनले जिल्लालाई अपुरणीय क्षती पुगेको बताउनुभयो ।

राजा बीरेन्द्रबाट गोदवाद्वारा सम्मानित समेत हुनुभएका स्वर्गीय कार्कीको चार महिनादेखि मुखको क्यान्सर अर्थात् जिब्रोमुनिको भाग, गालाको भित्री भागमा भएको क्यान्सरको उपचार भइरहेका थियो । स्वर्गीय कार्कीलाई कोरोना सङ्क्रमण भएपछि स्वास्थ्य थप जटिल भएको थियो । तीनदिन अगाडी कोरोनाबाटै कार्कीको कान्छा छोराको समेत निधन भएको थियो । कार्कीको निधनले शुभचिन्तक स्तब्ध भएका छन् ।

कार्की अस्ताउनुभयो तर जिवितै छन् सपना
पश्चिम म्याग्दीको दरबाङमा शैक्षिण पेशाबाट अवकाश लिएपछि स्वर्गीय कार्की सामाजिक एवम् मानवीय क्षेत्रमा सक्रिय लायन्स क्लवमा आवद्ध हुनुभयो । उहाँले सोही संस्थाको कार्यक्रम सहित भेटघाटका लागि समेत अमेरिका पुग्नुभयो । लामो समयसम्म अमेरिका बसाईमा कार्कीको एउटा अधुरो सपनाका बारेमा त्यहाँ रहेका म्याग्देलीहरुलाई सहयोगको अपिल समेत गर्नुभएको थियो ।

जिल्लाकै दोस्रो ब्यापारिक केन्द्र तथा पश्चिम बागलुङबासीलाई लक्षित गरी दरबाङमा स्नातक तहसम्मको पढाई हुने क्याम्पस खोल्ने योजनामा हुनुहुन्थ्यो । स्वर्गीय कार्कीले क्याम्पस स्थापनाका लागि विभिन्न प्रक्रियाका बारेमा समेत स्थानीय तह तथा आफ्ना नजिकका साथीहरुको साथ समेत माग्नुभएको थियो ।

सोही अभियान सफल बनाउन जनप्रिय मावि दरबाङको ब्यवस्थापन समितिको अध्यक्षको जिम्मेबारी समेत सम्हाल्नुभएका कार्कीले क्याम्पस स्थापनाका लागि आवश्यक प्रक्रियाको प्रारम्भीक चरणमै रहेको अवस्थामा अचानक बिरामी भएपछि थलिनुभयो ।

‘दरबाङमा स्नातक तहसम्मको पढाई हुनुपर्छ भन्ने उहाँको सपना जिवितै छ,‘विद्यालयलाई एउटा उचाईमा पुर्याएपछि अवकाश लिनुभएको थियो,‘क्याम्पस स्थापना गरेपछि सपना पुरा हुन्छ भन्नुहुन्थ्यो’ जनप्रिय माविकासहयाक प्रअ नगेन्द्र खत्रीले बताउनुभयो । उहाँले स्वर्गीय कार्कीले बुन्नुभएको शैक्षिक सपनाहरू पुरा गर्न जनप्रिय मावि निरन्तर सक्रिय हुने समेत बताउनुभयो ।

अधुरो भयो गीत गाउँले सपना
म्याग्दीका पुराना लोक गायक नरबहादुर विसीले शीरफुलै माया त दुई भाइले सङ्गै गायौं अरू गीत गाउने योजना अधुरै भएको बताउनुभएको छ । लामो समयसम्म म्याग्दीको लोकसंगीतमा संगै यात्रा गनुभएका बिसीका अनुसार दोहोरी गीतमा धवलागिरिमा पहिलोपटक स्वर्ण पदक दिलाउने गायक समेत स्बर्गीय कार्की भएको बताउनुभयो ।

थुप्रै लोक गीतका स्रष्टानायक एवम् म्याग्दीका शैक्षिक धरोहरको अवसानसँगै केहीदिन अगाडी छोरालाई समेत गुमाउनुपरेको पीडाले मर्माहत भएको बताउनुभएको छ । यता सयौं विद्यार्थीलाई आफ्नो ज्ञान बाढ्ने कार्कीको निधनले एक जिवित भगवानलाई गुमाएको पूर्व विद्यार्थीको भनाई छ । अमेरीकामा रहनुभएका रमेश तुलाचनले जिउँदो भगवानलाई गुमाउनुभयो । तुलाचन सहितको सक्रियतामा कार्कीको उपचारमा सहयोग समेत संकलन गरिएको थियो ।

 

Leave a Reply