जिल्लाको जलजला गाउँपालिकामा फुड बैंक स्थापना भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जलजलाले फुड बैंक स्थापना गरेको हो । युवा संघले क्वीक रिसोर्स फोर्स निर्माण गरेर फुड बैंक स्थापना गरेको जनाएको छ । निशेधाज्ञाले समस्यामा परेकालाई सहयोग गर्न बैंक स्थापना भएको हो ।

यसअघि युवाहरुले मजदुर तथा विपन्न परिवारलाई सहयोग गर्दै आएका थिए ।
‘जलजलामा हाम्रो टिम २४ घन्टा तयारी अवस्थामा बसेको छ, फोन आउँदा बितिकै घर घरमा खाद्यान्न पुर्याउने काम गरेको छौ ।’ राष्ट्रिय युवा संघ जलजलाका अध्यक्ष दिलिप बरुवालले भने ‘कोभिडले बिरामीलाई अस्पतालसम्म पुर्याउने छोड्ने काम समेत गरेका छौं ।’

निशेधाज्ञाका कारण चुलो नबलेका घरमा समेत चुल्हो बाल्नेगरी काम भैरहेको बरुवालले बताउनुभयो । जलजलाका बिभिन्न वडामा गरि ६६ जनालाई चामल, दाल, नुन, तेल लगायतका समाग्री वितरण भैसकेको अध्यक्ष बरुवालको भनाई छ ।

युवा संघले १ लाख बराबर को खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिसकेको छ । हालसम्म मनकारी दाताहरुबाट संकलन गरेको रकम, १ लाख ५० हजार रकमले खाद्यन्न वितरण कार्यभैरहेको उहाँले बताउनुभयो । दुईवटा एम्बुलेन्स निशुल्क सेवाका लागि गाउँ गाउँमा पु¥याएका छन् । सेवा समयमै पुराउनको लागि युवा संघले जलजलाका ९ वटा वडामा समायोजक बनाई कार्य गरिरहेको छ ।

Leave a Reply