प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीलाई शनिबार स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग प्राप्त भएको छ । क्वीक रेस्क्यु फोर्स जलजला गाउँपालिका पर्वतले प्रेस चौतारी म्याग्दी शाखामा आबद्ध पत्रकार तथा सञ्चारकर्मीलाई लक्षित गरेर मास्क र स्यानीटाइजर सहयोग गरेको हो ।

क्वीक रेस्क्यु फोर्स जलजलाका संयोजक दिलिप बरुवालसहितको टोलीले रुप्से सञ्चार सहकारी संस्थाका शेयर सदस्य चन्द्रप्रकाश बराईलीको उपस्थितिमा प्रेस चौतारी म्याग्दीका संयोजक प्रताप बानियाँलाई उक्त सामग्रीहरु सहयोग गरेको जनाएको छ । फोर्सले १० प्याकेट मास्क र ५ लिटर स्यानीटाइजर सहयोग गरेको संयोजक बानियाँले जानकारी दिएका छन् ।

कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएर रिपोर्टिङ गर्ने पत्रकार तथा सञ्चारकर्मीलाई सानो भए पनि सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री सहयोग गरिएको संयोजक बरुवालले बताए । क्वीक रेस्क्यु फोर्समार्फत सहयोग प्राप्त उक्त स्वास्थ्य सुरक्षा सामग्रीहरु प्रेस चौतारीमा आबद्ध भई विभिन्न सञ्चारमाध्यममा क्रियाशील सञ्चारकर्मी र पत्रकारलाई वितरण गरिने प्रेस चौतारीले बताएको छ ।

यसअघि क्वीक रेस्क्यु फोर्सले पर्वतको जलजला–८, नाङ्लीबाङका शारिरीक रुपमा अशक्त कर्णबहादुर थापालाई उनकै घरमा पुगेर ह्वीलचियर तथा नगद सहयोग गरेको थियो । फोर्सले जलजलाको विभिन्न स्थानमा रचनात्मक क्रियाकलाप समेत गर्दै आइरहेको छ ।

Leave a Reply