बेनी अस्पताल म्याग्दीलाई  दुई थान अक्सिजन कन्सन्टेटर मेसिन सहयोग भएको छ । जोय फाउण्डेशन नेपाल काठमाडौंले म्याग्दीको बेनीमा सञ्चालित बुद्ध बहुउद्देश्यीय सहकारीसँगको सहकार्यमा अस्पताललाई अक्सिजन कन्सन्टे«टर मेसिन हस्तान्तरण गरेको हो ।

उक्त मेसिन बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेललाई हस्तान्तरण गरिएको सहकारीले जनाएको छ ।

सहकारीका अध्यक्ष प्रमोद श्रेष्ठ, सहसचिव उत्तमकुमार कर्माचार्य, सञ्चालक समिति सदस्य नारायप्रसाद श्रेष्ठ र प्रवन्धक राजकुमार श्रेष्ठले संयुक्त रुपमा अस्पताललाई कन्सन्टे«टर मेसिन हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग गरिएको मेसिनको प्रति मिनेट १० लिटर क्षमता रहेको छ भने एकैपटकमा दुईजना बिरामीलाई अक्सिजन दिन सकिने अस्पतालका अध्यक्ष कटुवालले बताउनुभयो ।

उहाँले कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने मेसिन कोरोनाको महामारीपछि पनि अन्य श्वासप्रश्वासका बिरामीहरुको लागि उपयोग गरिने जानकारी दिनुभयो । अक्सिजन मेसिन उपलब्ध गराउन आवश्यक भूमिका खेलेकोमा भरत श्रेष्ठ र रेसु श्रेष्ठलाई विशेष आभार प्रकट गरिएको छ ।

अहिले बेनी अस्पतालको आइसोलेसन कक्षमा कोरोनाका दुईजना बिरामी मात्रै उपचाररत रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply