बेनीमा शैक्षिक, धार्मिक एवम् सामाजिक अभियानमा बलियो जग बसाल्नुभएका ५८ बर्षिय याम शाक्यको निधन भएको छ । बेनी नगरपालिका–७, संगमचोक निवासी समाजसेवी शाक्यको ग्राण्डी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान निधन भएको हो।

कोरोना भाइरसको संक्रमण भएपछि थप उपचारका लागि काठमाण्डौ जानुभएका शाक्यले धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो ।त्यसपछि थप उपचारका लागि ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारको भइरहेको थियो ।

केहीदिन स्वास्थ्यमा सुधार आएपनि बिहिबारदेखि एकाएक बिग्रिन थालेपछि अनेक प्रयास गर्दा पनि बचाउन नसकेको पारिवारिक स्रोतले जनाएको छ । उपचारको क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएपनि चिकित्सकहरुले डिप निमोनिया भएको घोषणा गरेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

स्वर्गीय शाक्यको आइतबार विहान धार्मिक विधि अनुसार कालिगण्डकी नदीमा अन्त्येष्टी गरिएको छ ।बि.स २०१९ कात्तिक २९ गते जन्मिुनभएका शाक्यले बेनी सामुदायिक माविलाई जग्गा,अक्षय कोषका साथै विब्यसको अध्यक्षमा एकदशकसम्म नेतृत्व गर्नुभएबो थियो ।

जीर्ण रहेको विद्यालयको भवनलाई विस्थापित गरी पुननिर्माणसँगै जिल्लाको सर्वोत्कृष्ट सामुदायिक विद्यालय बनाउन शाक्यको भूमिका अतुलनीय रहेको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताउनुभयो ।

‘शाक्य परिवारको सहयोगले विद्यालय यहाँसम्म आएको छ,‘हामीले विद्यालयको अभिभावक गुमाएका छौ’ प्रअ श्रेष्ठले भन्नुभयो । विब्यसको नेतृत्वसँगै हाल सल्लाहकारमा समेत रहेर विद्यालयको शैक्षिक अभियानमा सक्रिय शाक्य म्याग्दीमा बौद्ध शिक्षा भित्राउने एक अभियान्ता समेत हुनुहुन्छ ।

म्यादी बौद्ध संघको सचिव समेत रहनुभएका शाक्यले बुद्ध विहार बनाउन ब्यक्तिगत रुपमा ३ रोपनी भन्दा धेरै जग्गा दानमन साथै आर्थिक र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नुभएको छ । त्यस्तै धार्मिकस्थलमहारानी मन्दिरलाई तीन रोपनी जग्गा, पूर्वाधार बनाउन समेत सहयोग गर्नुभएको थियो ।

जिवनका हरेक मोडमा सफलता प्राप्त गर्नका लागि लगनशिलता, अध्ययनशिलता, अरुप्रतिको सदासयता र आत्मविश्वासमा भरपर्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका शाक्यले आफ्ना सामाजिक कार्यलाई प्रचार–प्रसार गर्न भने खासै चासो दिने गर्नुभएको थिएन् ।

शाक्य सदरमुकाम बेनीबजार बासीलाई शुद्ध खानेपानी वितरणका लागि स्थापित बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका साथै नेपाल रेडक्रस सोसाईटीमार्फत सामाजिक कार्यमा सक्रिय रहेको सोसाईटीका पूर्व उपसभापति सुवासकुमार श्रेष्ठले बताउनुभयो ।

‘उहाँको निधनले सामाजिक र मानवीय सेवामा ठूलो क्षती पुगेको छ, ‘बेनीका धेरै संस्थाले एउटा बलियो खम्बालाई गुमाउनुपरेको छ’ श्रेष्ठले भन्नुभयो । स्वर्गीय शाक्यले मानवीय सेवामा संलग्न विश्वमै ठुलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनल स्थापनाको १ सय बर्ष पुरा भएको अवसरमा तीनबर्ष अगाडी पोखरामा मनाएको शतबार्षिकी समारोहमा देशभरका १ सय सामाजिक अभियान्ताको रुपमा सम्मानित समेत हुनुभएको थियो ।

Leave a Reply