म्याग्दीमा आइतबार थप १८ जनामा नयाँ संक्रमित थपिएका छन भने १४ जना निको भएर आइसोलेसन मुक्त भएका छन् ।

संक्रमितमा बेनी नगरपालिकामा ३ जना, अन्नपुर्ण गाउँपालिकामा १ जना, मंगला १ जना, छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका १ जना गरी ६ जनामा पिसिआर विधिबाट रहेका छन् । त्यस्तै एन्टीजेन विधिबाट रघुगंगा ८ जना, अन्नपुर्ण ४ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुबेदीले जानकारी दिनुभयो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २२ सय ५७जना पुगेको छ (पिसिआरबाट १५८४ जना र एन्टिजेनबाट ६७३ )। जिल्लामा २०८जना सक्रिय संक्रमति हुनुहुन्छ। अहिले सम्ममा अब ११ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

 

Leave a Reply