बागलुङ जिल्लामा थप एक साता निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमणको दर नघटेपछि कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता लकडाउन थप्ने निर्णय गरेको हो ।

बैंक तथा बित्तिय संस्था आइतबार , मंगलबार , बिहिवार र शुक्रबार बिहान ७ बजे देखि १० बजे खोलिने गरि निर्णय गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । अन्य क्षेत्र भने सबै यथावत रहने जनाइएको छ । डिसिसिएमसीको निर्णय अनुसार अब आगामी असार सात गतेसम्म बागलुङमा निषेधाज्ञा जारी रहने छ ।

Leave a Reply