अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको रुप्से झरनामा अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरनामा मुस्ताङबाट फर्किदै गरेको ग २ ख १८९ नम्बरको खाली ट्रक हिलोमा फसेपछि आइतबार साँझदेखि सडकखण्ड अवरुद्ध भएको प्रहरी निरिक्षक बिरेन्द्रराज गुरूङले जानकारी दिनुभयो ।

हिलोमा फसेको ट्रक ननिकालेसम्म सडक सूचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ ।दुईदिन देखि लगातार भइरहेको बर्षाले बेनी जोमसोम सडक हिलाम्मे भएको छ । मनसुन सुरु भएसँगै उत्तरी क्षेत्र जोड्ने बेनी–जोमसोम– कोरोला सडकको दर्जनौ ठाउँमा पहिरो खसेर अवरुद्ध हुने गरेको छ ।

सडकखण्ड अन्तरगत म्याग्दीको दाना र मुस्ताङको थासाङ गाउँपालिका–४ को सीमाक्षेत्र कोभ्रेभीर क्षेत्र धेरै जोखिम रहेको छ । उक्त सडकखण्डमा काम गर्ने ठेकेदार कम्पनीले अबरुद्ध समयमै पन्छाउन बेवस्ता गर्दा यात्रुले सास्ती खेप्ने गरेका छन् । बर्खायामको वर्षाले त्यसस्थानमा बर्सेनि पहिरो जाने र सडक भाँसिने क्रम भईरहन्छ । File photo

Leave a Reply