लगातारको वर्षाका कारण म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने म्याग्दी र कालिगण्डकी नदीमा पानीको सतह बढेको छ। मनसुन सुरू भएसँगै माथिल्लो क्षेत्रमा भइरहेको भारी बर्षाले म्याग्दी नदीमा उच्च बहाफ आएको हो।

आइतबारसम्म समान्य अवस्थामा रहेको नदीको जलसतह अधिक बढेको तटिय क्षेत्रका बसोबास गर्नेले बताएका छन्। नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

म्याग्दी नदी बग्ने धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको तटिय क्षेत्रमा बर्खाको समयमा जोखिम बढ्ने गर्दछ । नदीमा पानीको बाहब बढेपनि ज्यानको जोखिम मोलेर माछा मार्ने र दाउरा संकलन गरिरहेका छन्।

जिल्लामा रहेका विभिन्न अन्य नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिने उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि मात्रै जानकारी हुने गरेको छ ।

उता कालिगण्डकी नदीको बाहब समेत बढेको छ भने जिल्लाका विभिन्न सहायक खोला, खहरेखोलामा समेत बाहब सामान्य अवस्थामा नरहेकाले सतर्कता अपाउन स्थानीय तहले समेत अनुरोध गरेका छन् ।

वर्षाकै कारण यहाँका विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन्। वर्षा सुरू भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडक हिलाम्मे भएका छन् । कोरोना संक्रमणको जोखिमका कारण जारी लकडाउनले सवारीसाधनको चाप नभएपनि हिलाम्मे सडकले पैदलयात्रीलाई समेत सास्ती भएको छ।

 

Leave a Reply