बेनी-दरबाङ सडकखण्ड अन्तरगत मंगला गाउँपालिका-२ रनवाङमै करिब एकदर्जन पोखरी छ। सडकखण्डमा पानी जमेपछि सवारीसाधनमा यात्रा गर्नेलाई भन्दा बढी सास्ती पैदलयात्रीलाई हुने गरेको छ।

बेनी देखि पश्चिम म्याग्दीकै प्रमुख ब्यापारिक केन्द्र दरबाङ बजारसम्म सडकमै दर्जनौ पोखरी छ । पानी पर्नासाथ सडक हिलाम्मे हुन्छ। जलमग्न सडकमा यात्रा गर्दागदैं आजित भएका छन्।

पानी पर्नासाथ खाल्डाखुल्डी पानीले भरिएर मिनी पोखरी बन्छ भने हिलोको पहाडमा नजिकै पुग्दा मोटरसाइकमा सवार यात्रुले लामो सास फेर्नुपर्छ । पोखरीजस्तो सडकमा मोटरसाइकल र सानाठुला चारप्राङ्ग्रे सवारीसाधन गुड्दा सडक नभई मिनी पोखरीमा डंगा चलेजस्तो महसुस हुन्छ ।

सडकको डिलबाट पैदलयात्रा गर्दा जतिबेला पनि लडेर खेतबारीमा खस्न सकिन्छ ।सडक कालोपत्रे सहित निर्माणको जिम्मा लिएको लामा समानान्तर जेभीले सडक बेहाल बनाएको छ। सडकमा फाट्फुट काम भएको देखिन्छ ।

सडकखण्डमा कालोपत्र हुन नसकेको विषयमा सर्वत्र चासो बढेपनि राजनीतिक पहुँच र हाइप्रोफाइल ठेकेदारको पहुँचले काम गरेको छ । कालोपत्र हुन नसक्दा हिउँदमा धुलाम्मे र बर्सातको समयमा हिलाम्मे यात्रा गर्नुपर्ने बाध्यतालाई सम्बन्धित निकायले ध्यान दिन चाहदैन् ।

२४ किलोमिटरको सडकखण्ड अन्र्तगत पहिलो चरणमा १४ किलोमिटर सडक स्तरउन्नती गरी कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय बागलुङले लामा समानान्तर जेभीसंग ४४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरे यता सडकमा मुस्किलले २० जना कामदार, दुईवटा मेसिनले मात्रै देखिन्छन् ।

सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धतालाई ठेकेदारले कोरोनाको जोखिमलाई बाहना बनाउन सजिलो भएको छ । सडकखण्ड अन्र्तरगत ११ मिटर फराकिलो सडक सात मिटर चौडाइमा कालोपत्रे गरिने छ ।पहिलो चरणमा बेनी देखी बावियाचौरसम्म सडक कालोपत्र हुने सम्झौतामा उल्लेख छ ।

पश्चिम म्याग्दी संगै बागलुङ र रुकुम जिल्लाका जनतालाई समेत सहज हुनु गरी मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकमा रुपमा समेत प्रयोग गर्ने तयारी भएको बताइएको छ । सडक विस्तार तथा स्तरउन्नतीले हाल करिव साढे दुई घण्टा लाग्ने यात्रा अवधि छोटिएर करिव ३५ मिनेटमा पुरा गर्न सकिनेछ ।

Leave a Reply