म्याग्दीमा असार ६ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको भर्जुअल बैठकले कोरोनाको जोखिम टरिनसकेकाले थप एक सातासम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को भर्चुवल बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी एक साता लकडाउन थप्ने निर्णय गरेको हो ।

जिल्लामा पछिल्लो निषेधाज्ञाको समय सोमबार राति १२ बजे सकिँदैछ।जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएपनि छिमेकी जिल्लामा थपिएको समयअवधीलाई मध्यनजर गरी रोकथाम तथा नियन्त्रणका लागि एक साता थप गरिएको जनाइएको छ ।

बैठकमा सहभागीले यसअगाडी लागु भएको नियमलाई केही खुकुलो बनाएर निषेधाज्ञा थप्न सुझाव दिएका थिए । लकडाउन थप्ने निर्णय भएपनि खुल्ला हुने र बन्द हुने क्षेत्रका बारेमा जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी गराउने जनाइएको छ ।

Leave a Reply