म्याग्दीमा जिल्लामा पुनः एक हप्ता निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकमा सहभागीले कोरोना संक्रमणको जोखिम कायमै रहेपनि विभिन्न क्षेत्र सर्तसहित खुला रहने गरी निषेधाज्ञा लम्ब्याइएको हो ।

प्रजिअ गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको डिसिसिएमसीको भर्चुवल बैठकबाट बैक तथा वित्तिय संस्थालाई बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने, विकास निर्माणका गतिविधि समेत ठप्प भएकाले हार्डवयर पसल र विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने निर्णय भएको जनाइएको छ ।

नयां शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो विद्यालयले गर्न थालेपछि पुस्तक ढुवानीलाई समेत सहज हुने गरी पुस्तक पसललाई खोल्न दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निषेधाज्ञामा अवधिम तरकारी, खाद्यन्न, बिउबिजन,कृषि औजार, निर्माण सामाग्रीका पसलहरु बिहान ५ बजे देखि ११ बजेसम्म खुल्ला रहने छ ।अत्यावश्यक सेवाका लागी १ घण्टा थप गरिएको छ ।

डिसिसिएमसीको बैठकले निर्णय गरेका बाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गरिएको छ । शैक्षिक संस्थाहरू, सार्वजनिक सवारी साधन सञ्चालनमा अर्को निर्णय नभएसम्मका लागि रोक लगाइएको छ ।

बैठकमा सहभागीले जनप्रतिनिधि सहितको सरोकारवाला निकायका प्रतिनिधिले यसअगाडी लागु भएको नियमलाई केही खुकुलो बनाएर निषेधाज्ञा थप्न सुझाव दिएका थिए । वित्तिय संस्था र भिडभाड हुने क्षेत्र खुलेसँगै बजारमा चहलपहल बढ्ने छ । गत बैशाख महिनाको २३ गतेदेखि म्याग्दीमा निषेधाज्ञा जारी गरिएको थियो ।

Leave a Reply