पर्वतमा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार बसेको बैठकले असार ७ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना भाइरसको जोखिम अझै कायम रहेकाले थप एक साता लम्ब्याएर असार ७ गतेसम्म जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन। यसअघि  जारी निषेधाज्ञा आज राती सकिदैछ।

निषेधाज्ञामा एम्बुलेन्स, दमकल, शववहालन, खाद्यान्न, पशुपंक्षीका दाना, फलफूल, दरकारी, दूध तथा डेरीजन्य उत्पादन, माछा, मासु र कृषजन्य उपकरण, ग्याँस तगा पेट्रोलियम पदार्थ, विद्युत, खानेपानी र दुरसंचारका सजारी साधन संचालन गर्न दिइने भएको छ ।

औषधि, स्वास्थ्यकर्मी, र प्रेस पास भएका सवारीसाधन तथा सरकारी सवारीसाधन चल्न दिएने भएको छ भने जिल्लाभर र अन्तरजिल्ला चल्ने सार्वजनिक र नीजि सवारीसाधन पूर्णरुपमा बन्द गरिने भएको छ ।

अत्यावश्यक सेवा प्रवाह हुने कार्यालय संचालनमा आउने भएका छन् । सरकारी र लघुवित्त र विमा कम्पनीका कार्यालय पुर्ण रुपमा बन्द हुने भएका छन् भने स्वास्थ्य सुरक्षा मपादण्ड पालना गरी बैंकहरु समेत पुर्ण रुपमा खुल्ने भएका छन् । यसअघि सातामा दुई दिनमात्र आलोपालो गरी संचालन हुने बैंक अब सबै दिन खुल्ने भएका हुन् ।

त्यसैगरी खाद्यान्न, फलफुल तथा तरकारी, स्टेशनरी र विकास निर्मााका सामाग्री विक्रि गर्ने पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म संचालन गर्न दिइने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन ।

पर्वतमा दोस्रो लहरको कोभिडबाट १ हजार ५ सय ७५ जना संक्रमित भएका छन् भने १ हजार १ सय ७४ जना निको भएका छन् । पर्वतमा ३ सय ७९ जना संक्रिय संक्रमित रहेका छन् । ५३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

Leave a Reply