भारी वर्षाका कारण सोमबार रातीदेखि कालिगण्डकी नदीमा बहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भन्दै सचेत हुन पूर्वनुमान महाशाखाले अपिल गरेको छ।

बर्षाले कालिगण्डकीको जलसतहमा देखिएको बाहब खतरा हुनसक्ने भन्दै तटिय क्षेत्रमा बसोबास गर्नेहरुले सतर्कत अपनाउन नेपाल बाढी सूचना नामक फेसबुक पेजबाट जानकारी गराएको छ ।

लगातार बर्षा हुदाँ ठाडो र साना नदीहरुमा ठुलो बाढी आउने गर्नाले सम्म क्षेत्रमा क्षति पु¥याउने गरेकाले तटिय क्षेत्रका बासिन्दा बढी सजक हुनुपर्ने महाशाखाले जनाएको छ । बर्खाका समय  निरन्तर पानी परिरहँदा बाढी र पहिरोको जोखिम पनि बढ्दै गएको छ।

नेपालका ठूला नदीमा कालिगण्डकी समेत पर्ने भएकाले महाशाखाले कालिगण्डकी नदीसँगै तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भई बहने केहि स–साना नदीमा बहाव उल्लेख्य बढ्ने जनाएको छ ।

असार ३ गतेसम्म उल्लेखित नदीहरुका तटिय क्षेत्रहरुमा विशेष सावधानी अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।  अब ठलो वर्षा हुने भएकाले प्रमुख र मझौला नदीमा पानीको वहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान बुलेटिनमार्फत सूचना जारी गर्ने गरेको छ ।

सदरमुकाम बेनी हुदै बग्ने म्याग्दी नदीमा समेत पानीको बाहब बढेको छ । म्याग्दी र कालिगण्डकी नदीमा पानीको बाहब बढ्दा तटिय क्षेत्रमा मनसुन अवधिभर निकै जोखिम हुने गरेको छ । अबका केही दिन लगातार वर्षा हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

Leave a Reply