म्याग्दीको मंगला गाउँपालिका-२ तल्लो डडुवामा बर्षाले एक घर बस्न नमिल्ने गरी भत्किएको छ । अबिरल बर्षाको जमिन भासिँएपछि स्थानीय कृष्ण बहादुर दर्जीको घर दुईतले कच्ची घरमा क्षती पुगेको मंगला यूवा क्लवका अध्यक्ष शेरबहादुर पुनले जानकारी दिनुभयो ।

घरको बाहिर र भित्र चर्किएकाले मानवीय क्षती हुन सक्ने भन्दै यूवा क्लवका सदस्यले सामान बाहिर निकालेर खाली गरेको अध्यक्ष पुनको भनाई छ । घरभित्रका सामान निकाल्ने र पन्छयाउने काम भईरहेको छ । ‘कुनैपनि बेला पूर्णरुपमा भत्किने अवस्थामा छ,‘घरभित्र बस्नै मिल्दैन्’ पुनले भन्नुभयो ।

पीडित विकका सात सदस्यलाई छिमेकीको घरमा बस्ने व्यवस्था मिलाइएको छ । यता मंगला गाउँपालिकाले त्रिपाल सहित आवश्यक सहयोग पठाएको छ । लगातारको बर्षाले जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

Leave a Reply