kj{t,! c;f/M ;]tLa]gLahf/ 8'afg sfnLu08sL gbL / ;]tLvf]nfsf] axfa a9]kl5 8'afgdf k/]sf] kj{t, :ofªhf / u'NdLsf] ;ªud:yndf cjl:yt ;]tLj]0fLahf/ . tl:a/M nIdLk|;fb ;fksf]6f÷/f;;

लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ। पर्वत, स्याङ्जा र गुल्मीको सीमानामा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो।

कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरूपमा डुबानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिए। उनका अनुसार बिहान चार बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन्।दश घरपरिवार र उनीहरूको पसलमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।

बजार र शिला डुबानमा परेसँगै उक्त स्थानका वासीन्दा आतङ्कित बनेका छन्।नदीको बहाव उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यवसायी सुरक्षित स्थानमा सामान सार्न थालेका छन्।शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचनासमेत डुबाएको छ।

बजारबासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीयनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्णरूपमा क्षति पुगेको उनले बताए।

यता पानीको बहाव ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए। कालीगण्डकी र सेती खोला दुवैको बहाव उच्च हुँदा समस्या भएको हो। पानी नरोकिएकाले अझै जोखिम बढ्ने अवस्था छ।

मुलुककै सबभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सीमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको छ।

सेतीवेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधारण समस्यामा पर्ने गरेका छन्।

विगत ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए।

विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैंभर त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए।  कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए।उनका अनुसार सुरक्षा निकायले स्थानीयलाई सुक्षित ठाउँमा राख्न प्रयास गरेको छ। रासस

Leave a Reply