म्याग्दीको धवलागिरी गाउँपालिका-२ खोरियामा पहिरोको उच्च जोखिममा परेका १३ परिवारलाई स्थानान्तरण गरिएको छ । लगातारको बर्षासँगै बस्ती नै पहिरोको जोखिममा परेपछि गाउँमा रहेको विद्यालयमा अस्थायी रुपमा स्थानान्तरण गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘अझै जोखिममा रहेका थप घरको पहिचान गरी स्थानान्तरण गदैंछौ,‘पहिरोले यसबर्ष पनि नराम्रोसँग प्रभावित बनाउने संकेत देखिएको छ’ अध्यक्ष पुनमगरले भन्नुभयो । उहाँका अनुसार सोही वडाको लम्सुङमा करिब ४५ घरधुरी उच्च जोखिममा छन् ।

अध्यक्ष पुनले तत्कालका लागि गाउँपालिका भित्रका सबै वडामा जोखिममा रहेकालाई ‘इमर्जेन्सी सेल्टर’ निर्माणमा विद्यालय, सामुदायिक भवन सहित खाली रहेका घरहरु प्रयोग गरिने बताउनुभयो ।

गतबर्ष बाढीपहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको धवलागिरीमा यसबर्ष जोखिम स्थानमा बसोबास गर्नेहरुलाई सतकर्ता अपनाउन समेत अपिल गरिएको छ भने विस्थापितको आपत्कालिन आवश्यकतालाई समेत पुरा गर्ने गरी सक्रिय भएको जनाइएको छ ।

जिल्लामा यसबर्ष पनि बाढीपहिरोले क्षती पु¥याउने सम्भावनालाई मध्यनजर गरी तत्काल सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरणमा जोड दिइएको छ । भारी बर्षाले जिल्लाभरको जनजिवन अस्तब्यस्त बनाएको छ ।

Leave a Reply