लगातारको बर्षासँगै उर्लिएको कालीगण्डकी नदीले म्याग्दीको सदरमुकाम बेनीबजार संरक्षणका लागि बनाइएको तटबन्धमा क्षती पुर्याएको छ ।

भिषण बर्षासँगै नदीमा पानीको सतह बढेसँगै मंगलबार दिउँसो चर्किएको म्याग्दी उद्योग वाणिज्य संघको तल लगाइएको ग्यावियन पर्खाल भत्किएको प्रत्यक्षदर्शी इन्द्र विकले बताए ।

‘भर्खरै चर्किएको भागमा क्षती पुगेको छ,‘राती भएकाले धेरै हेर्न पाइएन’ विकले बेनीअनलाइनलाई भने । गणेशटोलको पछाडिको भागमा कटानको जोखिम बढेको छ । तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको छ।

नदीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि म्याग्दी जेसीज सहित आसपासका क्षेत्र जोखिममा परेको छ । बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काउने खतरा बढेपछि सावधानी अपनाउन समेत अपिल समेत गरिएको छ। कालिगण्डकी नदीमा सतह नघट्दा सम्म कटान आसपासका क्षेत्र उच्च जोखिममा रहेको स्थानीयको भनाई छ ।

रुपाताल संरक्षण परियोजनाले निर्माणको क्रममा नदीभित्रै जमेका ढुङ्गालाई फुटाएर प्रयोग गर्न दिएको स्थानमा नदीले धार परिवर्तन गरेको छ भने कटान समेत उक्त क्षेत्रमा भएको छ ।

मंगलबार राती करिब १० बजे कटान गरेको ठाउँमा निर्माण भएको पक्की पर्खाल २०७५ भदौ २७ गते रघुगङ्गा नदी थुनिएर आएको बाढीले भत्काएको थियो । नदी कटान सहित जिल्लाभरको क्षतीको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Leave a Reply