भिषण बर्षासँगै मंगलबार रातीदेखि म्याग्दी खोलामा पानीको बाहब ह्वात्तै बढेको छ । लगातारको बर्षाका कारण आज विहान र दिउँसाको तुलनामा राती १० बजेपछि खोलामा पानीको सतह माथि देखिएको दरबाङबाट स्थानीय मोतिराज गौतमले जानकारी दिए ।

उनका अनुसार पानीको सतह ह्वात्तै बढेको अवस्थामा देखिएकाले म्याग्दी खोला आसपासका क्षेत्रमा बस्ने सर्वसाधारणले सतर्कता अपनाउन अनुरोध गरिएको छ । पश्चिम म्याग्दीको माथिल्लो क्षेत्रमा अधिक बर्षा भइरहेको छ ।

पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मंगला गाउँपालिका हुदै बेनी नगरपालिकाको तटिय क्षेत्रमा रहेको बस्तीहरु कटानको जोखिममा रहेका छन् ।म्याग्दी खोलाको सतह बढेको भन्दै सामाजिक सञ्जालमा समेत सचेत हुन अपिल गरिएको छ ।

म्याग्दीको सदरमुकाम बेनी हुदै बग्ने म्याग्दी र कालिगण्डकी नदीको सतहले खतराको संकेत दिएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । असार ३ गतेसम्म नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

Leave a Reply