म्याग्दीको मालिका गाउँपालिका-२ रूम, बेली र जेम गाउँमा पहिरोले पाँच घर पहिरोले भत्काएको छ भने ११ घरपरिवार विस्थापित भएका छन् । लगातारको बर्षासँगै बस्ती माथि र तलबाट आएको पहिरोले तीनवटा घरमा पूर्ण क्षति भएको छ ।

पहिरोले स्थानीय पुनमुला कामी, देउबहादुर कामी, सकबहादुर कामी, रुमकी पहिरोले रुम गाउँकी रैमती विकर जेमका दुर्गालाल पुन घरमा क्षती पुगेको वडा अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो ।

पहिरोले स्थानीय छामु कामी, रनबहादुर दमाई, विर्खबहादुर कामी, खड्कमान विक, रनबहादुर हर्मेल, जगबहादुर कामी, सुरविर कामी, छमबहादुर कामी,लालु पुन,ताराबहादुर पुन, अमरबहादुर पुनको परिवार समेत पुर्णरुपमा विस्थापित भएको वडा अध्यक्ष पुनको भनाई छ ।

विस्थापितहरुको घरको प्राविधिक टोलीलवे अनुगमन गरेपछि मात्रै प्रयोग गरिने जनाइएको छ ।‘गाउँलेलाई सुरक्षित स्थानमा सारिएको छ,‘दुबै गाउँ पहिरोका त्रासमा छन्’ पुनले भन्नुभयो । उहाँका अनुसार पहिरोले गोठ सहित एक पशुचौपाया समेत बगाएको छ भने थप विवतरण संकलन भइरहेको छ । विस्थापितको घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा निकालिएको छ ।

पहिरोले २२ किलोवाटको पावरहाउस समेत बगाएको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो ।पहिरो जान सुरु गरेपछि स्थानीय भागभाग गरेका थिए । विस्थापितहरू छिमेकीको घर, आफन्त र विद्यालयमा बसेका छन् भने घरभित्रको सामान समेत निकालिएको छ ।

समयमै उद्धार गरिएकाले मानवीय क्षति भने हुन नपाएको देउराली आधारभुत विद्यालय जेमका प्रअ पोष्ट बहादुर विकले बताउनुभयो । गाउँपालिकाको केन्द्र दरबाङबाट पहिरोस्थलसम्म जाने सडक वर्षासँगै अवरुद्ध भएपछि उद्धार कार्यमा समेत समस्या भइरहेको छ । तत्काल सडक सञ्चालनमा आउने सम्भावना नभएकाले विस्थापितलाई आवश्यक पर्ने साम्रागीहरू पठाउने तयारी भइरहेको छ ।

Leave a Reply