बाढीपहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी खानेपानी उपभोक्ता संस्थाले वितरण गदैं आएको खानेपानीको अवरुद्ध भएको छ । बाढीपहिरोले मुहान आसपासमा क्षतीसँगै पाइप भाँचिएपछि पानी आपूर्ती अवरुद्ध भएको हो । बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले बर्षाले मुहानदेखि ट्याङीसम्म असर गरेको बताए ।

‘बेनीमा नियमित खानेपानी आपूर्ति हुन दुईतिन दिन लाग्न सक्छ,‘बैकल्पिक स्रोतहरूको ब्यवस्थापनमा जुटेका छौ’अध्यक्ष रेग्मीले भने । उनले भारी बर्षाले मर्मत कार्यमा समेत समस्या भइहरेको बताए । बराहपाखो समुदायिक बन माथिबाट पहिरो खसेर समेत पाईपमा सामान्य क्षती पु¥याएकाले प्राविधिक सहितको टोली मर्मतमा खटिरहेको अध्यक्ष रेग्मीले बताए।

संस्थाले अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेको पुम्दीखोला र बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलाबाट ल्याइएको पानी बेनीबजार भन्दा माथि बराहपाखो समुदायिक वनमा निर्माण गरिएको ट्याङकीमा जम्मा हुन्छ । प्रतिसेकेण्ड २५ लिटर पानी जम्मा हुने ट्याङकीबाट घर–घरमा पानी वितरण गरिएको छ ।

संस्थाले सदरमुकाम बेनी सहित गलेश्वर, बगरफाँट र मंगलाघाट क्षेत्रका करिव २० हजार उपभोक्तालाई वितरण गदैंआइरहेको छ । खानेपानीको अभाव भएपछि बजारबासीले मिनिरल वाटर सहित बैकल्पिक स्रोतबाट पानी संकलन गरी प्रयोग गर्ने गरेका छन् । बर्खाको समयमा खानेपानीको नियमित आपूर्ती नहुदाँ बेनीबजारबासी समस्यामा पर्ने गरेका छन् ।

Leave a Reply