बेनी नगरपालिकाले बाढीपहिरोको कारण पूर्णरूपमा विस्थापित भएकालाई तत्काल आपतकालीन राहत स्वरूप १५ हजार नगद सहयोग गर्ने भएको छ ।

नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको द्रुत प्रतिकार्य समुहको बैठकले लगातारको बर्षाका कारण घर छोडेर सार्वजनिक र छिमेकीको बसोबास गरेका नगरबासीलाई राहतको रुपमा उक्त सहयोग गर्ने निर्णय भएको बेनी नगरपालिकाका प्रबक्ता रामकृष्ण बराइलीले बताए ।

उनका अनुसार बाढीपहिरोबाट विस्थापितलाई कुनैपनि समस्या हुन नदिने प्रबक्ता रामकृष्ण बराईलीले बताए । ‘तत्काल आवश्यक पर्ने सहयोग वडासँग समन्वय गरी पठाइने छ,‘इमर्जेन्सी सहयोग र ब्यवस्थापन गछौं’ प्रबक्ता बराईलीले भने ।

उनले विस्थापितलाई त्रिपाल र बाढीपहिरोबाट क्षती हुन नदिने गरी पाइप समेत वितरण गरिने छ । द्रुत प्रतिकार्य समुहको बैठकमा मेयर श्रेष्ठले विपद्मा परेका नगरबासीलाई कुनैपनि समस्या हुन नदिने गरी तयारी गर्न समेत निर्देशन दिएका थिए।

बैठकमा उपमेयर सञ्जु बरुवाल, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा सहितको टोली उपस्थित रहेको थियो । तीनदिनदेखि लगातार भइहरेको बर्षाले नगरभित्र करिब ४० घरधुरी विस्थापित भएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply