---Advertisement---

लापरवाहीले बेनीबजार सँधै जोखिममा

On: June 16, 2021 9:10 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनी बजारलाई कालीगण्डकी नदीले कटान गर्न थालेको छ। लगातार भइरहेको भारी बर्षाले बजार रोकथामका लागि कालिगण्डकी नदी किनारमा निर्माण भएको तटबन्ध पर्खाल मंगलबार राती भत्काएको हो।बेनी नगरपालिका-७ र ८ वडाको सिमानामा पर्ने गणेशटोल र संगमचोकको तल लगाइएको ग्यावीयन पर्खाल बगाएर बजारतर्फ कटान गर्न थालेको छ। कटान गरेको स्थानमा दुई वर्ष अगाडिमात्रै रुपाताल एकिकृत संरक्षण परियोजनामार्फत् ग्यावीयन पर्खाल लगाइएको थियो।

कालीगण्डकीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काएकाले म्याग्दी जेसिजको भवनसहित आसपासको क्षेत्र उच्च जोखिममा परेको छ। मंगलबार राती कटान गरेको स्थान आसपासमा हरेक बर्ष जोखिम निम्त्याउने गरेको संगमचोकका यूवा रमेशकुमार श्रेष्ठले बताए। ‘यस वर्ष काम नै भएन्, नदी कटानबाट जोगाउने मोडेल नै परिवर्त गर्नुपर्छ’ श्रेष्ठले भने। उनले हरेक वर्ष नदी कटानबाट बनाइएको संरचना भत्काउने गरेको बताए। हाल भत्किएको ठाउँमा यस अगाडि २०७५ भदौ २७ गते रघुगंगा नदी थुनिएर आएको बाढीले भत्काएको थियो।तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको भन्दै बजारबासी चिन्तित भएका छन्। हरेक बर्ष कालिगण्डकी नदीको कटानको चपेटामा परेको बेनीबजार संरक्षणको नाममा समेत मनपरी गर्ने गरिएकाले समेत पर्खाल दिगो नभएको सरोकारवाला निकायको गुनासो छ। ‘समयमै काम गर्न ठेकेदारलाई दबाब दिनुप¥यो, बर्खामा क्षति हुनुमा ठेकेदारलाई समयमै काम गराउन नसक्नु पनि हो’ मानवअधिकार तथा शान्ति समाजका अगुवा रामजीप्रसाद सुबेदीले भने।

उनले परियोजनाबाट समयमै काम सुरू नहुँदा बर्षेनी नदी कटानले क्षति पुर्याउने गरेको बताए। यस वर्ष कटान भएको ठाउँमा विगतमा हेभी इक्युभमेन्टको जथाभावी प्रयोग गरी जमेको ढुङ्गा निकालिएको थियो। नदीमा रहेका ढुङ्गालाई बेग रोक्न सघाउँछ । नदीको छेउछाउ र बिच भागमा रहेका ठूला–ठूला ढुङ्गा फुटाउनु बर्खाको समयमा जोखिम बढ्ने प्राविधिक पक्षको जोडलाई समेत ठेकेदारले अटेर गर्दा बेनीबजार कटानको जोखिममा छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।