दुवै मृगौला फेल भएर उपचाररत म्याग्दीको धवलागिरी गाउँपालिका-७, ताकमकी १५ बर्षिया अञ्जना हर्मेलले पैसा नहुदाँ नियमित डायलासिस गराउन समेत पाउँदिनन् । डायलासिस र नियमित औषधीका लागि खर्च जुटाउन नसकेपछि अञ्जना ओछ्यानमा छटपटाइरहदाँ आमा तारादेवी सुनारले धेरै रात आँखाभरी आँसु र पीडामा डुबुल्की मारेर विताइन् ।

उनलाई भोकभन्दा पनि एउटै चिन्ताले छ । ‘छोरीको उपचार खर्च कसरी जुटाउने?’ पाँचबर्ष अगाडी छोरीको दुबै मृगौलामा खरावी देखिएपछि उपचारका लागि पोखरामा बसेकी तारादेवीलाई बिहान–बेलुकी छाक टार्ने समेत मुस्किल पर्छ।चार छोरीमध्य जेठी छोरीको विवाह भएपनि तीन छोरी सँगै छन् ।

साहिली छोरीको मृगौलामा समस्या देखिएपछि उनले कमाएर छोरीहरूलाई पाल्ने र उपचारमा समेत केही सहयोग गर्ने मेसो समेत पाएकी छैनन् । वैदेशिक रोजगारीको शिलशिलामा १० बर्ष अगाडी ओमन गएका श्रीमानले समेत छोरीलाई उपचारमा साथ नदिएपछि तारादेवीलाई सहयोग जुटाएर छोरीको उपचार गर्नुपर्ने बाध्यता छ ।

‘पैसा जुटेन भने डायलासिस गर्न जानै पाउँदैनन्,‘अहिलेसम्म सहयोगबाटै ज्यान जोगिएको छ’तरादेवीकी बहिनी दिपा खड्काले भनिन् । उनले पाँचबर्षसम्म आफन्त, विदेशमा रहेकाबाट सहयोग जुटाएर आस्था मिर्गौला अस्पतालमा डायलासिस गराउने गरेको बताईन् । अञ्जनाको उपचारमा जुटाएको पैसा सकिएको तारादेवीले भनाई छ ।

‘सहयोग पाए उपचार गरेर छोरीलाई बचाउने धोको छ,‘उसले पनि रोक निको भए त धेरै बाँच्न सकिन्छ भन्छे’ तारादेवीले भावुक हुदैं भनिन् । ‘मेरो दुःखमा साथ दिनुपर्ने अवस्थामा श्रीमानले नै छोडेर गए, अर्को विवाह गरेका छन्’ उनले भनिन् । मृगौला रोग लागेपछि धेरै खर्च हुन्छ भनेर श्रीमान सम्पर्कमै आउन छोडेको उनले बताइन् ।

उनले छोरीको उपचारका लागि माइली छोरीले मजदुरी गर्ने गरेको बताईन् । यसै सातादेखि पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालमा डायलासिस निशुल्क भएपनि महङ्गो इन्जेक्सन र नियमित औषधी किन्नुपर्ने उनले बताईन् ।

‘माग्ने ठाउँ कतै छैन्,अब त खर्च पनि कसरी जुटाउने भन्ने पिर पर्न थालेको छ’उनले भनिन् । आर्थिक अभावका बारेमा जानकारी पाएपछि बेनपा–१ अर्जमका आशिष परियारले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेका छन् । उपचारमा सहयोग गर्न समेत स्वदेश तथा विदेशमा रहेका म्याग्देली समक्ष याचना समेत गरिएको छ ।
सहयोगका लागि प्रभु बैंकमा तारादेवी सुनारको नाममा रहेको खाता नं. ०५६०१७९८८२०००१४ मा सहयोग रकम जम्मा सकिन्छ । सम्पर्क नं ९८४३१६८१०७

Leave a Reply