उत्तरी म्याग्दीको केही स्थानमा बिहिबार साँझदेखि वर्षा भइरहेकाले आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ । गएरातीदेखि सदरमुकाम बेनी आसपासको क्षेत्रमा बर्षा रोकिएपनि अन्नपूर्ण गाउँपालिका–२, भुरुष तातोपानी देखि माथिल्लो क्षेत्रमा अविरल बर्षासँगै कालिगण्डकी नदीको बाहब समेत बढ्न थालेको भन्दै प्रहरीले नदी आसपासका क्षेत्रमा आवतजावत नगर्न सार्वजनिक अपिल गरेको छ ।

‘कालिगण्डकी नदीममा खतराको घण्टी देखिएको छ,‘हामीले पानीको सतहका बारेमा निरन्तर जानकारी लिइरहेका छौ’ प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बेनीअनलाइनलाई भने ।

बुधबारको तुलनामा कालिगण्डकी नदीमा समेत पानीको बाहब बढ्दै गएको र बाढीको सतह सतर्कता आसपास पुग्ने अवस्था देखिएको प्रहरीले जनाएको छ। प्रहरीले नदी किनारामा पानी बसेको भनेर दाउरा निकाल्ने र माछा छोप्न जाने समेत रोक लगाएको छ ।

नदी कटानका कारण बेनीबजार आसपासका क्षेत्र जोखिममा भएकाले थप सजकता अपनाउन समेत कटान गरेको क्षेत्र आसपासका बासिन्दालाई सुचना जारी गरिएको छ।

File photo

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा राखेको सन्देश

जिल्ला प्रहरी कार्यालय म्याग्दीको अनुरोध ः–
भरखरै प्राप्त सुचना अनुसार म्याग्दीको बेनी बजार आसपासमा बर्षा रोकिए पनि भुरूङतातोपानी देखी माथी अविरल बर्षा भईरहेको र कालिगण्डकी नदिको बहाव हिजो अस्ती भन्दा पनि बढेर आएकोले कालीगण्डकी नदि किनारमा पानी बसेको भनेर दाउरा निकाल्न वा माछा छोप्ने कार्यको लागी नजानुहुन तथा नदिआसपासमा बसोबास गर्ने सर्वसाधारण मानिसहरू लाई सतर्क तथा सजग रहनु हुन अनुरोध गरिन्छ ।
२०७८।०३।०३ गते १८ः३० मा जारी सुचना

Leave a Reply