बेनी नगरपालिका-९,काउँलेगौडामा पहिरोले तीन घर भत्काएको छ भने ५ घरपरिवार विस्थापित भएका छन् । लगातारको बर्षासँगै गलेश्वर–घतान–पात्लेखेत सडकखण्डको कारण विस्थापित भएका ७ परिवारलाई छिमेकी र आफन्तको घरमा स्थानान्तरण गरिएको स्थानीय यूवा तेजेन्द्र बानियाँले जानकारी दिए ।पहिरोले लाल पुरी, प्रकाश बस्नेत, सरस्वती बस्नेतको घर भत्किएर बस्न नमिल्ने अवस्थामा रहेको छ । त्यसैगरी बेलबहादुर बस्नेत, राम बहादुर चोखाल, लक्ष्मण चोखाल, यज्ञबहादुर बस्नेत र लक्ष्मण पुरीको उच्च जोखिममा रहेको छ । सडक विस्तारको क्रममा ब्यवस्थित काम नहुदाँ ठुलो सल्लेरी सामुदायिक बनको निर्माणधिन अवस्थामा रहेको भवनको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । ‘बाटो खन्ने बेलामा घरलाई जोगाउने प्रतिबद्धता जनाएका थिए,‘बषौंसम्म केही नभएको घर सडकै कारण भत्कियो’ बेलबहादुर बस्नेतले भने । विस्थापितको घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा निकालिएको स्थानीय राजिन पुरी लगायतका यूवाहरुले गरेका थिए । मोटर बाटो विस्तारको क्रममा आसपासमा रहेका घरहरुलाई बेवास्ता गरी जनप्रतिनिधिले मनपरी गर्दा क्षती भएको पीडितले गुनासो गरेका छन् । विस्थापितलाई स्थान्ीय यूवाहरूले तत्काल राहत तथा पुर्नबास अभियानमा जुट्न समेत अपिल गरेको छन् ।

Leave a Reply