बाढीपहिरोले सडक अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखबाट दुई बिरामीलाई हेलिकप्टरबाट उपचारका लागि पोखरा लगिएको छ । लगातारको बर्षासँगै गाउँमा पुग्ने सडक सञ्जाल छियाछिया भएसँगै एक्कासी स्वास्थ्यमा जटिल समस्या देखिएपछि सेती पुर्जा र मुलपानीकी धनिकला पुर्जालाई पोखरा लगिएको स्थानीय पत्रकार सेते तिलिजा पुनले बताए ।

सेतीलाई चक्कर लागिरहने, ढल्ने समस्या र धनिकलालाई पेट दुख्ने समस्या निको नभएपछि हेलिकप्टर मगाइएको थियो । जिल्लाको ग्रामिण क्षेत्र जोड्ने सडक सञ्जाल भत्किएपछि आपत्कालिन उद्धार तथा उपचारका लागि महंगोमा हेलिकप्टर मगाउनुपर्ने बाध्यता रहेको छ ।

Leave a Reply