गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ । सोमबारदेखि लगातार भइरहेको भिषण बर्षाले विस्तार र स्तरोन्नति क्रममा रहेको सडकको ठाउँठाउँमा खसेको पहिरो र कटानले सडक क्षतविक्षत भएको छ ।

अन्नपूर्ण गाउँपालिका–२ भुरूङ तातोपानीमा बिहिबार राती कालिगण्डकीले ट्याक समेत नरहने गरी कटान गरेकाले पहिलेकै अवस्थामा फर्किन समय लाग्ने देखिएको छ भने दानाको रुप्से झरना र मुस्ताङको सिमाना काभ्रेभीर आसपासमा समेत पहिरोले जोखिम बढाएको छ ।

‘बाढीपहिरो र कटानले सडक मर्मतमा समय लाग्ने गरी बिग्रिएको छ,‘मर्मतमा समय लाग्ने देखिन्छ’भुरूङ तातोपानीका पर्यटन ब्यवसायी अमृतमान शेरचनले बताए । कालिगण्डकीले हरेक बर्ष धार परिवर्तन गर्दा सडकमा क्षती हुने गरेको छ ।

बर्षा पहिरोले रुप्से झरनामा चारदिन देखि फसेको अड्किएको बा १८ च ६९६२ को हाइलक्सलाई बिहिबार निकालिएको छ भने हिलाम्मे सडकले पैदलयात्रीलाई समेत सकस भएको स्थानीयको भनाई छ । सडकखण्डमा रहेका दर्जनौ ठाडो खोलाको कटानले समेत चुनौती थपिदै गएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन गर्बुजाले यसबर्ष बर्खा अगाडी नै कालिगण्डकी नदी उर्लेर आउँदा मुख्य सडक नै छियाछिया भएको बताए । ‘अहिलेसम्मकै बढी पानी परेको अनुमान छ,‘भदौ महिनासम्म सडकमा धेरै समस्या झेल्नुपर्छ’ अध्यक्ष पुनले भने ।

माथिल्लो भेगमा भिषण बर्षा हुदाँ नदीको बाहब बढेर बस्ती र सडक कटान गर्ने गरेकाले बेनी–जोमसोम–कोरला सडक आयोजना र ठेकेदार कम्पनीलाई समेत मर्मतमा समस्या हुने गरेको छ ।

सडक विस्तारको काम भइरहँदा पहिरो र कटानले सडक ध्वस्त भएपछि मर्मतमा दुवै जिल्लामा प्रजिअले पहल गरेपनि दैनिकजसो हुने बर्षाले समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटकै कारण बाढीपहिरो र कटान हुने गरेको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत सबैभन्दा जोखिमपुर्ण म्याग्दीको दाना देखी मुस्ताङको घाँसासम्म पर्छ । बर्खाको समयमा यात्रुल ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

असार देखि भदौ महिनासम्म बेनी–जोमसोम नियमित र सिधा सञ्चालनमा आउने सम्भावना न्यून रहेको प्राविधिक पक्षको भनाई छ । यसैबीच पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड सहित जिल्लाका ग्रामिण क्षेत्रमा जोड्ने अधिकांस सडक अवरुद्ध छ ।

 

Leave a Reply