म्याग्दीको सदरमुकाम बेनीमा एक बृद्धा अलपत्र अवस्थामा भेटिनुभएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकम ठेगाना रहेको नागरिकताको परिचय पत्र सहित सदरमुकाम बेनीमा अलपत्र अवस्थामा देखिएपछि उद्धार गरी आपत्कालिन सेवा केन्द्रमा राखिएको बेनपा–८ का वडा सदस्य हिराबहादुर पुनले जानकारी दिनुभयो ।

‘उहाँको घरपरिवारको खोजी भइरहेको छ,‘केन्द्रमा राखिएको छ’ वडा सदस्य पुनले भन्नुभयो । बृद्धालाई चिन्नेहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । बृद्धा जस्ता अलपत्र परेकालाई लक्षित गरी बेनी नगरपालिकाले स्थापना गरेको केन्द्रमा अलपत्र, महिला हिंसा सहित विभिन्न समस्यामा परेकालाई राख्ने गरिएको छ ।

Leave a Reply