लगातारको वर्षाका कारण मालिका गाउँपालिका वडा नं २ रुमको खबाङ गाउँको १ घर पुरिएको छ भने १८ घर उच्च जोखिममा परेको छ । ८५ घरधुरी रहेको खवाङको मुक्ती बुढाथोकीको घर पूर्णरुपमा र रिमानसिङ पुनको घर आंशिक क्षती भएको रुमका यूवा भुपेन्द्र नेपालीले जानकारी दिनुभयो ।

पहिरोबाट कमले बुदाथोकी, होम बहादुर बुदाथोकी, गोपाल परीयार, सुरेस परीयार, भक्तीलाल बुदाथोकी, पिम बहादुर पुन, ईन्द्रकमल पुन, टकमान दर्जी, तीथीन्द्र दर्जी, तेजीन्द्र दर्जी र जङ बहादुर पुनको घर उच्च जोखिममा परेको छ।

गाउँ तल र माथिबाट भासिएको छ । गाउँको तल र माथि चिराहरु परेको छ । निरन्तर वर्षा जारी रहे बढी जोखिम हुने स्थिति छ । सोही वडाको बेली र जेममा समेत पहिरोले विस्थापित भएका छन् । पहिरोले विस्थापित भएका आफन्त, छिमेकी र सार्वजनिक विद्यालयमा बसेका छन् । विस्थापित तत्काल घर फर्किने सम्भावना नरहेको जनप्रतिनिधिको भनाई छ।

Leave a Reply