उत्तरी म्याग्दी हुदैं मुस्ताङ जोड्ने बेनी-जोमसोम-कोरला–सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, काभ्रेभीरमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोमबाट सामान पु¥याएर म्याग्दीतर्फ फर्किदै गरेको बेनीका एक ब्यवसायीको ग १ क ३४९२ नम्बरको ट्रक दिउसो करिव १ बजेको समयमा सडक माथिबाट खसेको पहिरोले पुरिएको बेनी–जोमसोम सडकखण्डका सुपरभाईजार इन्द्रसिंह शेरचनले बताए ।

जोमसोमबाट मालसामान पु¥याएर म्याग्दीतर्फ फर्किदै गरेको मालवाहक ट्रक दिउँसो साँढे १२ बजेको समयमा हिलाम्मे सडकमा फसेको थियो । हिलाम्मे सडकमा ट्रक फसेपछि चालक र सहचालक बाहिर निस्किएको बेलामा माथिबाट खसेको पहिरोले ट्रकको पुरै भाग पुरिएको छ । करिब १० मिनेटको अन्तरालमा पहिरो खसेको थियो । ट्रक पहिरोले थिचिएको अवस्थामा रहेको घाँसा प्रहरी चौकीले जनाएको छ ।

यसै हप्ता रुप्से झरनामा फसेको बा १८ च ६९६२ को हाइलक्सलाई समेत स्काभेटरको सहायतामा बाहिर निकालिएको थियो । म्याग्दी र मुस्ताङको सिमानामा अवस्थित उक्त स्थान निकै जोखिम मानिन्छ । भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटका कारण काभ्रे र घाँसा क्षेत्रमा निरन्तर पहिरोका साथै बर्षातको समयमा बाटो अवरुद्ध हुने गरेको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत विभिन्न ठाउँमा सानोठुलो पहिरोले सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ ।

Leave a Reply