बेनी नगरपालिका-५ बगुवाखोलामा रहेको बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्की आइतबारदेखि सम्पर्कविहिन हुनुभएको छ ।

विद्यालयबाट फर्किने बेलामा प्रअ कार्कीमाथि अज्ञात समुहले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रअ कार्कीले लगाएको पोशाक, मोवाइल सहित घटनास्थल आसपासमा रगत बगेको भेटिएको छ । प्रअ कार्कीको हत्या गरी म्याग्दी नदीमा बगाइएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले बरामद गरेको पोशाक, मोबाईल सहितका साम्रागीका साथै कर्मचारीलाई समेत अनुसन्धानको घेरामा राखेको छ । घटनास्थलको अवस्था हेर्दा घटना योजनाबद्ध र केही मान्छेको संलग्नता स्थानीयले दाबी गरेका छन् ।

घटनास्थल आसपासमा रगत देखिएको छ भने म्याग्दी नदी नजिकै प्रमाणहरु भेटिकाले अनुसन्धानलाई सहज हुने अनुमान गरिएको छ । बेपत्ता प्रअ कार्कीको खोजीमा स्थानीय म्याग्दी नदी आसपासमा परिचालन भएका छन् भने संकास्पदलाई अनुन्धानको घेरामा राखिएको प्रह्रीले जनाएको छ ।

Leave a Reply