यस अघि जारी गरिएको लकडाउनभन्दा खुकुलो बनाउने गरी म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) थप एक साता थपिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी आगामी १४ गते सम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

प्रजिअ गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थालाई नियमित सञ्चालन गर्न दिने र मोटरसाईकलमा स्वास्थ्य मापदण्डको प्रयोग गरी चलाउन पाइने बताइएको छ।

खाद्यान्न ,कृषि औजार ,मल ,विउविजन ,स्थानिय उत्पादित तरकारी ,फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,हार्डवयर पसल ,पुस्तक तथा स्टेशनरी पसल ,सुनचाँदी पसल ,टेलरिङ,फेन्सी तथा कपडा पसल ,इलेक्टेकल,इलेक्ट्रोनिक्स,भाँडापसल ,ग्याँस ,पेट्रोल लगायत सेवाका पसलह स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पुर्ण पालना गरी बिहान ५ बजेदेखी १ बजेसम्म खुल्नेछन् ।

यसैगरी जिल्ला स्थित सरकारी कार्यालयले साप्ताहिक रुपमा आलोपालो प्रणाली अनुसार सेवा दिने निर्णय गरको छ ।निर्णय अनुसार आइतबार धवलागिरी र अन्नपुर्ण गाउँपालिका,सोमबार मालिका गाउँपालिका ,मंगलबार बेनी नरपालिका,बुधबार रघुगंगा गाउँपालिका ,बिहिबार मंगला गाउँपालिका र शुक्रबार बेनी नगरपालिकाले सेवा दिनेछन्।

यी क्षेत्र अझै बन्द हुने
लकडाउन खुकुलो बनाउने निर्णय गरिएपनि होटल, बस व्यवसाय, सिनेमाघर, व्युटिपार्लर, जिमहल, तातोपानी कुण्ड, एकै कोठामा बसेर सेवा दिने संघसंस्था लगायतका केहि सेवामुलक व्यवसायलाई तत्काल सञ्चालन गर्न नदिने निर्णय भएको छ ।

त्यस्तै निजी र सार्वजनिक यातायातका साधनहरुलाई समेत सञ्चालनमा रोक लाइएको छ । छिमेकी जिल्लामा निजी सवारी साधनलाई जोर बिजोर प्रणालिमा सञ्चालनमा आउन दिने समेत निर्णय गरिएपनि कोरोना संक्रमति घटेको अवस्थामा म्याग्दीमा भने चार पांग्रे र दुई पांग्रे सवारी साधन गते अनुसार जोर विजोर प्रणालिमा सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गत बैशाख २३ गतेदेखि जिल्लामा लकडाउन गरिएको थियो । पछिल्लो केही दिन यता कोरोना संक्रमणको दर घट्दै गएपछि लकडाउन समेत केही खुकुल पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यता यातायात ब्यवसायी, होटल तथा अन्य ब्यवसायीले जनस्वास्थ्यको मापदण्डको प्रयोग गरी खोल्नुपर्ने माग गरेका छन् ।

Leave a Reply