भिषण बर्षाले अवरुद्ध भएको बेनी-जोमसोम–कोरला सडकखण्ड  मर्मतपछि सोमबार रातीदेखि सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरना, काभ्रेभीर लगायतका स्थानमा अवरुद्ध भएको सडक मर्मतसँगै सञ्चालनमा आएको हो।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको सडकखण्ड मर्मत लगत्तै मुस्ताङ र म्याग्दी खण्डमा रोकिएका सवारीसाधन गन्तब्यतर्फ लागेको दानाका पर्यटन ब्यवसायी एवम् बेनी–जोमसोम–कोरला सडकखण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।

माथिबाट निरन्तर खसेको पहिरोले रुप्सेमा हाइलक्स र काभ्रेभीरमा ट्रकमा क्षती पुगेको थियो । अवरुद्ध खुलेपनि उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारी साधन आवतजावतमा ठूलो जोखिम रहेकाले सतर्कता अपनाउन अन्नपूर्ण गाउँपालिकाले समेत अनुरोध गरेको छ ।

मुस्ताङ जोड्ने सडक रघुगङ्गा गाउँपालिकाको चमेरेदेखि अन्नपूर्ण गाउँपालिकाको गुइँठे, रुप्से झरना, खामाभित्ताको द्वारी खोला र काभ्रेभिरमा धेरै जोखिम छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म पर्छ । बर्खाको समयमा यात्रुल ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

Leave a Reply